पार्टीको गठबन्धन होइन जनताको गठबन्धन हुनुपर्छ – एमाले नेता श्रेष्ठ

बुटवल । नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले अहिलेको गठबन्धनको सरकारप्रति लक्षित गर्दै पार्टीको गठबन्धन होइन जनताको गठबन्धन हुनुपर्ने बताए । पाँच सात तर्फ फर्केका पार्टीले गठबन्धन गरेर सरकार चलाउने, महंगी बढाउने, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश गराउने र देशको ढुकुटीमा लुछाचुडी गर्ने, राष्ट्र विरोधी गतिविधि चलाउने होइन जनप्रिय काम गरेर जनताको गठबन्धन हुनपर्छ जहाँ हरेक नेपालीले आफ्नो अपनत्व महसुस गरुन् – श्रेष्ठले भने ।

उनले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको बताए । शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ निर्वाचन परिचालन कमिटीको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आदिवासीजनजातिको देश विदेशमा परिचित गौरवपूर्ण इतिहास रहेको बताएका छन् । आदिवासी जनजाति समुदाएका भाषा, धर्म, संस्कृति संरक्षण गर्नु सो समुदाय मात्रै होइन राज्यको दायित्व रहेको श्रेष्ठले बताए । उनले राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने बताए ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना