पहिरो पीडितलाई सरुमारानीले दियो राहत

Exif_JPEG_420
प्युठान। पहिरो पीडित स्थानीयहरुलाई सरुमारानी गाउँपालिकाले राहत प्रदान गरेको छ।

गाउँपालिकाको वडा नं ६ मा पहिरोबाट विस्थापित स्थानीय रूम बहादुर पुन, मोहन बहादुर पुन र खड्क बहादुर पुनलाई पालिका प्रमुख झगबहादुर बिश्वकर्माले राहत स्वरूप प्रती परिवार १९ हजार नगद, सिरक डसना, ब्लाङ्केट लगाएतका सामग्री प्रदान गरेको गाउँपालिकाका प्रवक्ता चिन्त बहादुर सोमैले जानकारी दिएका छन्।
पहिरो पीडित स्थानीयहरुलाई प्यूठान उद्योग वाणिज्य संघले प्रती परिवार १ बोरा चामल, दाल, नुन, तेल यसैगरी रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले भाडाबर्तन् , लत्ताकपडा उपलब्ध गराएको छ।
असोज २१ गते गएको पहिरोबाट ३ घर परिवारको १४ जना विस्थापित भएको गाउँपालिकाले जनाएको छ। पहिरोले वडा कार्यपालिकाको भवन सेवा प्रवाह दिन नसक्ने गरि क्षति पुर्याएको वडा अध्यक्ष तील बहादुर बुढाले बताए।

 

 

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण