पहिरोले घर पुरिदा एक जनाको मृत्यु

कास्की। पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

बिज्ञापन

उनकाअनुसार घटनामा घाइते सुनारलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ । घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै