पर्यटन प्रबर्द्धन गर्न वक्तृत्वकला प्रतियोगिता

बिज्ञापन

पाल्पा। पर्यटनको महत्वलाई दृष्टिगत गरी तानसेन नगरपालिका २ मेहलधारा.स्थित बेथल इङ्गलिस बोर्डिङ्ग स्कूलमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिज्म बोर्ड, टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ), युएनडिपी र जीटिटिपीको सहकार्यमा आइतवार ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो।

बिज्ञापन

निकट भविष्यमा देशका पर्यटन क्षेत्रमा आवश्यक सक्षम , योग्य तथा कुशल जनशक्ति विकास गर्ने हेतुले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिंदै विद्यार्थीहरुबीच पर्यटन सम्बन्धि वक्तृत्वकला प्रतियोगिता गरिएको टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ) का अध्यक्ष मदन कुमार बरालले बताए। भोलिका दिनमा पर्यटन व्यवसायलाई माथि उकास्न विद्यार्थीहरुबाटै बलियो सम्भावना भएकोले सातवटै प्रदेशमा विद्यालय स्तरमा पुगेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ ।

विद्यालय सञ्चालक समितीका उपाध्यक्ष त्रिलोचन पौड्यालले आपूले वि.सं. २०४७ सालमै पर्यटन सम्बन्धि तालिम लिएको र पर्यटन सम्बन्धि विद्यालय तहबाटै कार्यक्रम हुनु प्रशंसनिय रहेको बताए । स्कूलका प्रिन्सिपल रुपचन्द्र थापाले पर्यटनको सन् १९६३ मा रोममा भएको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन, सन् १९८० को मनिला सम्मेलन, संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटनको महत्व र यसको विकासलाई प्राथमिकताको सूचीमा राखेपछि मात्रै फस्टाउन थालेको प्रर्यटनलाई बेलैमा उपयोग गरेर विश्वका धेरै देशहरु आर्थिक रुपमा सम्पन्न भइसकेको बताए । नेपालमा पनि सञ्चारको तिब्र विकाससँगै शिक्षामा पहुँच र यातायातको सहजताले आन्तरिक तथा बाह्य पर्यटन फस्टाउँदै जान थालेको बताए । धार्मिक तथा साँस्कृतिक, आर्थिक, शैक्षिक, सामाजिक, वातावरणीय र राजनैतिक महत्व बोकेको पर्यटनलाई विद्यालयस्तरबाटै सम्भावना खोज्न आफ्नो विद्यालयमा यस्तो कार्यक्रम आयोजना गरेकोमा टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ) का अध्यक्ष मदन कुमार बराललाई धन्यवाद दिए ।

बिज्ञापन

स्कूलका सहायक प्रिन्सिपल महेन्द्र कुमार पोख्रलले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयले गर्ने विभिन्न अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुलाई पढाइ बाहेक धेरै कुरामा अग्रसर हुन सिकाएकोमा पर्यटन सम्बन्धि गतिविधिले थप हौसला थपेको बताए ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका नेपाली विभागका प्रमुख डा. टंक प्रसाद पन्तको निर्णायक टोलीले प्रशंसा पाठक प्रथम, आदिक्षा थापा द्वितिय र शुभम ढुङ्गानालाई तृतिय भएको घोषणा गरे भने बिजेता विद्यार्थीहरुलाई विशिष्ट अतिथि त्रिलोचन पौड्याल र आयोजकका अध्यक्ष मदन कुमार बरालले पुरस्कार वितरण गरेका थिए।
सोही अवसरमा प्रिन्सिपल रुपचन्द्र थापाको संरक्षकत्व र शिक्षक मनिषा रानाको संयोजक रहने गरी विद्यार्थी सभ्यता पराजुलीे क्याप्टेन रहने गरी ११ सदस्यीय पर्यटन क्लब गठन गरिएको छ । जसको सदस्यमा विद्यार्थीहरु आदिक्षा थापा, शुभम ढुङ्गाना, प्रशंसा पाठक, सुचना गाहा, सुलभ केसी, नोबल घिमिरे, श्रृजन राना र साक्षी गाहा रहेका छन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व