पत्रकार महासंघको केन्द्रीय समिती बैठक कपिलवस्तुमा

कपिलबस्तु। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक कपिलवस्तुमा बस्ने भएको छ ।

सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको पवित्र स्थल तिलौराकोटमा पुस ३० गते केन्द्रीय समितिको बैठक बस्ने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले बताउनु भयो ।

बुद्धसंग सम्बन्धित प्राचिन स्थानको प्रचारप्रसारमा समेत टेवा पुग्ने उद्देश्यले तिलौराकोटमा बैठक बस्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमिति पुस २९ गते आउने माघ १ गते फर्किने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो ।
केन्द्रिय समितिको बैठक संगै बुद्ध स्थलको रुपमा परिचित तिलौराकोट, कुदान, गोटिहवा, अरौराकोट, जगदिशपुर ताल लगायतका स्थान अध्ययन अवलोकन गर्ने योजना रहेको छ ।

केन्द्रिय कार्य समितिको स्वागत तथा सम्मानको लागि नेपाल पत्रकार महासघं कपिलवस्तुले तयारी गरिरहेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

बैठकमा सहभागी हुनेहरू पुस २९ गते कपिलवस्तु पुग्ने पुस ३० गते बैठक सम्पन्न गरी माघ १ गते बिहान फर्किने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने