पत्रकार टेक मास्की रानाको उपचारको क्रममा निधन

रुपन्देही । मोफसलको राजधानी बुटवललाई मुख्य कार्यक्षेत्र बनाएर करिब २ दशक देखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार टेक मास्की रानाको आज बिहान निधन भएको छ। लामो समयदेखि डेंगू तथा निमोनियाका बिरामी हुनु भएका मास्की रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा मगरले जानकारी दिनुभएको छ।

बिज्ञापन

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय अध्यक्ष समेत रहनु भएका मास्की राना डेंगुसंगै मिर्गौला र जण्डिसबाट पिडित भई पाल्पाको मिसन अस्पतालमा उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर पश्चात उपचारत हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादी रुपन्देही जिल्ला सचिवालय सदस्य राजु भुजेलका अनुसार श्रमजीवी जनताका प्रिय एबं जुझारू कलमजीवीको रुपमा क्रियाशिल पत्रकार मास्की अस्वस्थ रहेको अवस्थामा समेत जनताको पक्षमा कलम चलाउदै आउनु भएको थियो।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व कार्यसमिति सदस्य तथा फोनिज रुपन्देहीका पुर्व सचिव राना रेडियो जागर, बुटवलमा समाचार प्रमुख भएर कार्यरत मास्की रानाको उपचार सहयोगका लागि नेपाल पत्रकार महासंघ, रुपन्देही र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ रुपन्देहीले आर्थिक सहयोग समेत संकलन गरेको थियो । पत्रकार रानाको उपचारका लागि महासंघबाट प्रयाप्त प्रयत्न भएपनि बचाउन नसकिएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सोनु थापा मगरले बताउनु भयो।

बिज्ञापन

नेपाल पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले स्वर्गिय रानाको उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको प्रति दुःख व्यक्त व्यक्त गर्नु भएको छ। २ दशकभन्दा लामो पत्रकारिता गर्दै आउनु भएका मास्की राना नेपाल पत्रकार महासंघ,लुम्बिनी प्रदेश पुर्व कमिटी सदस्य तथा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ, लुम्बिनीका कार्य समिति सदस्य रहनु भएको थियो ।

केहि वर्ष अघि मात्रै श्रीमती गुमाउनु भएका मास्की रानाका एक छोरा २ छोरी गरी तीन सन्तानका अभिभावक समेत रहनु भएका मास्की राना सरल,सादगी,पेशाप्रति बफादार र लगनशिल तथा क्रान्तीकारी पत्रकारिता क्रियाशिल हुनुहुन्थ्यो। रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको छ। मृतक रानाको श्रद्धाञ्जलीका लागि बुधबार बिहान अस्पतालमा सहभागी हुन नेपाल आदीवासी जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सोनु थापा मगरले आग्रह गर्नुभएको छ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन