न्यू लुम्बिनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

देवदह । देवदह नगरपालिका वडा नं ५ मा अवस्थित न्यू लम्बिनी ई.बो. स्कुलमा सदन स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार जुनियर तर्फ “शिक्षाको महत्व “र सिनियर तर्फ “विद्यार्थी जीवनमा सामाजिक सञ्जालको प्रभाव” विषयमा वक्तृत्वकला प्रतियोगिता भएको विद्यालयका सुचना अभिकारी देउमाया आलेले जानकारी दिनुभयो। विद्यालयको प्राङ्‌गणमा भएको प्रतियोगितामा प्रत्येक सदनबाट २-२ जना विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा जुनियर तर्फ सयपत्री सदन‌का विकेश राना प्रथम भएका छन् । त्यसैगरी गोदावरी सहनका एरिक दर्लामी दोस्रो र सुनगाभा सदनका अन्जु ढुङ्‌गा तेसो भएका छन्। सोही प्रतियोगितामा सिनियर तर्फ लालीगुराँस सदन र गोदावरी सदनको मनिष गुरुङ र खुसि घर्ति प्रथम भएका छन् र त्यसैगरी सयपत्री सदनका स्पर्श गाहा दोस्रो सोही सदनकै निर्वाना थापा तेसो भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रश्मी थापाले जानकारी दिनुभयो ।

विद्यालयका सह-प्राचार्य विष्णु ब. सारूको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक प्रशान्त राना र फूलमाया थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो र कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी रेश्मी मगर रानाले गर्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते