न्यू लुम्बिनीमा राखी बनाउने प्रतियोगिता सम्पन्न

देवदह ।  देववह नगरपालिका वडा नं ५ मा अवस्थित न्यू लुम्बिनी ई.बो. स्कुलमा जनैपूर्णिमाको अवसरमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ। कक्षागत रुपमा भएको प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ।

उक्त प्रतियोगितामा कक्षा एकबाट खुसी पल्ली, लियाना डमरपाल र दृष्टि श्रेष्ठ क्रमशः प्रथम, द्वितीय  तृतीय भएका थियो। कक्षा दुई देखि भिजन थापा मगर , लक्ष्मी थापा र रमन श्रेष्ठ क्रमश प्रथम, द्वितिय र  तृतीय , कक्षा ३ बाट लक्ष्मी थापा, सोहन सोनी र रिस्ता मल्ल  क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । कक्षा ४ बाट करिना लामिछाने, एलिसा सारु र सुभम फाल क्रमशः प्रथम, द्वितीय र तृतीय , कक्षा ५ वाट विकेश राना, सुहानी सोनम र अनुराधा बयाम्बु क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएको छ ।

त्यसैगरी कक्षा छ बाट स्यारोन आले, युना राना र रबिना श्रेष्ठ क्रमशःः प्रथम, द्वितीय र तृतीय भएका छन् भने कक्षा ७ बाट  सोइच्छा सोनी, सेलेस्ती राना र सिमरन सापकोटा क्रमशः प्रथम  द्वितीय र तृतीय भएका छन् । त्यसै गरि कक्षा ८ वाट कुशुम  रेश्मी प्रथम र कक्षा ९ वाट रोसन श्रेष्ठ , स्पर्श गाहा र दिया सुनार क्रमश प्रथम द्वितीय र तृतीय हुनुभएको विद्यालयका सूचना अधिकारी देउमाया आले जानकारी दिनु भयो ।

विधार्थीको कलालाई प्रस्तुत गर्न र नेपालीको चाडपर्व तथा संस्कार संस्कृतिको महत्व र यसको संरक्षण र सम्बद्र्धन गर्नको लागि यस कार्यक्रमको  आयोजना गरिएको विद्यालयका सह-प्रचार्य विष्णु  बहादुर सारूले बताउनुभयो ।
उक्त प्रतियोगितामा प्राइमरी इन्चार्ज फूलमाया थापा, प्रिप्राइमरी इन्चार्ज रुश्मीता राना, अतिरिक्त क्रियाकलाप इच्चार्ज रश्मी थापा लगायतका शिक्षकहरुको उपस्थितमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

सगरमाथामा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देवदहमा मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय अध्यक्षमा किशन ब. थापा

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित