न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा गठन गरिएको न्यू नमुना बाल क्लबद्धारा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारा रहेको ६० औ बाल दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको बाल क्लबको अध्यक्ष विश्वास अधिकारीले जानकारी गराउनु भयाे ।
समुदायमा उत्पन्न हुने फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्नुपर्छ र स्वच्छ जीवन बाँच्न सकिन्छ भन्ने सन्देश समुदायमा फैलाउनको लागि उक्त कार्यक्रमले जोड दिएको बताउनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले देवदह भलुहीका विभिन्न चोक मुनामदन चोक, आसाम टोल, आदर्श पथ, जागृति टोल, पिसल्यान्ड चोक, गणेशटोल, भट्टराईचोक लगायत अन्य चोकमा डस्टबिन राख्दै विभिन्न नाराहरू लगाउदै बाल दिवस मनाएका छन्।
कार्यक्रममा विद्यालयको सहप्राचार्य लक्ष्मीपुन अधिकारी, विभिन्न कोअर्डिनेटरहरू, शिक्षक शिक्षिकाको , विद्यार्थीहरू र कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। सोही कार्यक्रममा पाल्नुभएका देवदह नगरपालिका वार्ड नं ९ का वडाध्यक्ष मोहनबहादुर जिसीले विद्यार्थीहरूले गरेको उक्त कार्यक्रमको प्रशंसा गर्नुको साथै उहाँले बाल क्लबलाई भविष्यमा अझै राम्रा राम्रा काम हरु गर्न सुझाव र हौसला दिनुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद भट्टराई पनि सरिक भई विद्यार्थी भाइबहिनीहरूको काम प्रशंसनीय भएको बताउनुभएको थियो।
बाल दिवसको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख सागर पौडेल सरको समायोजनमा विभिन्न कार्यक्रमहरू जस्तै कथावाचन, कवितावाचन,नाटक मञ्चन, नृत्य प्रदर्शन र अन्य हिडन ट्यालेन्ट(Hidden talent) कार्यक्रम सम्पन्न भएको थियो भने बाल क्लबको डस्टबिन वितरण कार्यक्रम बाल क्लबका शिक्षक नायक हेमराज चालिसे र सह नायक लिला रानाको संयोजनमा भएको थियो भने विशेष भूमिकामा नेपाल जुनियर युवा रेडक्रस सर्कलका शिक्षक नायक कृष्णप्रसाद पन्थी सर र सहनायक चन्द्रकला भट्टराई म्याड हुनुहुन्थ्यो।