बुटवल । रूपन्देहीको देवदह -९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए।
कार्यक्रम विद्यालयका प्राचार्य श्री चुराबहादुर थापा काे सभापितत्व तथा प्रमुख अतिथिको भूमिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय व्यक्तित्व केशव भट्टराई ज्यू रहनुभएको थियो । त्यस्तै अतिथिको रुपमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु प्रतिमा उपाध्याय र राधिका साहानी रहनुभएको थियो। निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गायक लोकेन्द्र सापकोटा रहनुभएको थियो र निर्णायक मण्डलका सदस्यहरूमा मनोज श्रीपाली र तिर्सना पुनले निर्णायकको भूमिका रहनुभएको थियो।
कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख सागर पौडेल सरले गर्नुभएको थियो। कार्यक्रममा पब्लिक जनसम्पर्क अधिकृत खडक बहादुर क्षेत्री सरले स्वागत मन्तव्य राख्नुभएको थियो।विद्यार्थी भाइबहिनीहरूले आफूले पाएको शीर्षक अनुसार गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सम्पूर्ण भाइबहिनीहरूको एकदम राम्रो प्रस्तुति रहेको निर्णायक मण्डलका संयोजक ज्यूले बताउनुभयो।
नर्सरीदेखि युकेजिसम्मका विद्यार्थी भाइ बहिनीहरूलाई शीर्षक दिएको थिएन भने कक्षा १ देखि ३ सम्मको लागि अनुशासनको महत्व, ४ देखि ६ सम्मको समाज सुधारमा महिलाको भूमिकाू शीर्षक थियो भने ७ देखि १० को चाडपर्वसँगै भित्रिएका विकृति शीर्षक रहेको थियो।
कार्यक्रममा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको बीच बीचमा निर्णायक मण्डल सदस्य तिर्सना पुन र लोकेन्द्र सापकोटाले आफ्नो बेजोड प्रस्तुति राखि माहोललाई झन् उल्लासमय बनाउनुभएको थियो।
कक्षा नर्सरी बाट क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् बहिनी श्रीशा सारु मगर, बियोन्स सिरिस र सोनिया बि.क,त्यसैगरी कक्षा एलकेजीबाट क्रमश प्रथम द्वितीय र तृतीय भएका छन् बहिनी निवि बानिया क्षेत्री, ग्रिस्मा तिवारी र सूप्रिया सुनार, त्यसैगरी कक्षा युकेजीबाट क्रमश प्रथम द्वितीय भएका छन् बहिनी सुवेक्षा सुनार, सुप्रिया पाण्डे र तृतीय रिवान्सु थापा र आर्जु थापा।
त्यस्तै कक्षा १ देखि ३ सम्मको तहमा प्रथम स्थान हासिल गरेको छ कक्षा २ “मुन”, द्वितीय स्थान हासिल गरेको छ कक्षा ३ “भेनस”।
त्यस्तै कक्षा ४ देखि ६ सम्मको तहमा प्रथम स्थान हासिल गर्न सफल भएको छ कक्षा ६ “पर्पल”, द्वितीय स्थान हासिल गर्न सफल भएको छ कक्षा ६ “पिंक” र तृतीय स्थान हासिल गर्न सफल भएको छ कक्षा ५ “ग्रिन”।
त्यस्तै कक्षा ७ देखि १० सम्मको तहमा प्रथम स्थान हासिल गर्न सफल र प्रतियोगिताकै सर्वोत्कृष्ट अङ्क ल्याउँदै होल फस्ट भएको छ कक्षा ७ “फेवा”, द्वितीय स्थान हासिल गर्न सफल भएको छ कक्षा ९ “अरनीको”, तृतीय स्थान हासिल गर्न सफल भएको छ कक्षा ८ फिस्टेल साथसाथै कार्यक्रममा विद्यालयका शिक्षिकाद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। विजेता भाइबहिनीहरूलाई सोही कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिद्वारा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम संञ्चालन शिक्षक कृष्णप्रसाद पन्थी र शिक्षिका सिर्जना जिसीले गर्नुभएको थियो ।