नेप्से परिसिचक बढने क्रम जारी तीन दिनमै ८० अंकले बढ्यो, कारोबार डेढ अर्ब नजिक

एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।

बिज्ञापन

सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।

बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । सोमबार र मंगलबार सेयर मूल्य बढेका बैंकमा बुधबार लगानीतकर्ताको नाफा बुक गर्न खोज्दा ‘सेलिङ प्रेसर’ले बैंकहरुको सेयरमूल्यमा करेक्सन आएको छ ।

बिज्ञापन

मंगलबार ३१ भदौ यता १ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ । बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशतले वृद्धि हुँदा, कर्णाली डेभलपमेन्ट बैंकको ८.११ प्रतिशत र जोशी हाइड्रोपवारको ५.९७ प्रतिशतले वृद्धि भएको छ ।

यता सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९६ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.५ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना