देवदह // नेपाल शिक्षक संघ, देवदह नगरको पाँचौं प्रतिनिधि सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले उमाकान्त अधिकारीको अध्यक्षतामा २९ सदसिय नयाँ कार्य समिति समेत चयन गरेको हाे।
जस्को उपाध्यक्षमा मोहम्मद समसुल हक खाँ , महिला उपाध्यक्षमा हिमा रिजाल, सचिवमा रवि रेग्मी, सचिब तिर्थ राज भण्डारी, सह सचिवमा शिवलाल क्षत्री, सहसचिव महिला भगवती लम्साल, सहसचिव शिवप्रसाद पौडेल, सहसचिव समावेशी इन्द्रजित यादव, सहसचिव समावेशी रुपनारायण चौधरी चयन भएका छन् त्यसैगरि सदस्यहरुमा जानुका लम्साल, बिसाखा राना, तुल्सा आचार्य, निर्मला लामिछाने, बिजयराज कवर, बिरेन्द्र पाल, सङ्गिता चौधरी, चुडामणि शर्मा, नरसिंह चौधरी, लक्ष्मी रोका, रमेश गौतम, पबित्रा सापकोटा, रामवरण यादव, शिवु परियार, टीकादेवी शर्मा, चन्द्रकान्त अर्याल, शोभा पराजुली, दिनेशकुमार लोध, दिपेन्द्र हरिजन चयन गरेको छ ।
नेपाल शिक्षक संघ, देवदह नगर कार्यसमितिका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलाे सत्र देवदह नगर कार्यसमिति सचिव उमाकान्त अधिकारी र दाेस्राे सत्र नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य बाबुराम बस्नेतले सञ्चालन गर्नुभएकाे थियाे ।