नेपाल राष्ट्रिय शिक्षक संगठनको चौथो नगर परिषद सम्पन्न

देवदह // रुपन्देहीको देवदहमा नेपाल राष्ट्रिय शिक्षक संगठनको चौथो नगर परिषद सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको ‘गौरवशाली विगत, चुनौती वर्तमान : गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन’ भन्ने नाराका साथ चौथो नगर परिषद सम्पन्न भएको हो ।
संगठनका अध्यक्ष यज्ञ न्यौपाने दिपककाे अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख धुर्व खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संघठनका अध्यक्षले अध्यक्षको प्रतिवेदन र संगठनका कोषाध्यक्ष करुणाकर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियो ।कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले देवदहको शैक्षिक परिवर्तनमा संगठनको निर्णायक भूमिका हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाले देवदह नगरपालिकाको कुल बजेटको २०% शिक्षामा छुट्याएको बताउनुभयो । संगठनले शिक्षकको हक हितको लागि लड्नु पर्ने र संगठनलाई दह्रो बनाउनु पर्ने कुरामा जोड दिनुभयो । खरेलले देवदहको शिक्षक संगठनलाई स्थापित गर्न पुर्ण रुपमा लाग्ने र नगर र आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाउनुभएको थियो । कार्यक्रममा शिक्षक महासंघ जिल्ला अध्यक्ष डिल्लीराज भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष धनिश्वर गौतम, संगठनका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य ऋषिश्वर अर्याल, नेकपा एमाले देवदह नगर कमिटी सचिब विक्ष्णु अर्याल, शिक्षिका ईन्दिरा अर्याल लगाएतले बोल्दै संगठन एउटा परिवार हो र यदि कहि कतै शिक्षकलाई अफ्ठ्यारो परो भने संगठन एकबद्द्ता भएर लाग्ने कुरा बताएका थिए ।त्यसैगरी कार्यक्रममा शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै शिक्षक हिरो-२०७८ बाट होमनाथ शर्मालाई सम्मानित गरिएको थियो । संगठनको उपाध्यक्ष शिला मल्लको स्वागत र सचिब राजु अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना