गुल्मी । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति गुल्मीले जाजरकोटका भूकम्प पीडितलाई राहत सहयोग गरेको छ । भूकम्पबाट पीडितहरुको सहयोगका लागि आर्थिक सहयोग गरेको पूर्व प्रहरी संगठनका अध्यक्ष शिव बहादुर कुँवरले जानकारी दिनुभयो ।
जाजरकोटका भुकम्प पीडितहरुका लागि पूर्व प्रहरी संगठन गुल्मीले १५ हजार १५ रुपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोेग पठाइएको हो । गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई पूर्व प्रहरी संगठनका संस्थापक अध्यक्ष ८६ वर्षीय मोहनबहादुर भलामीले हस्तान्तरण गर्नुभयो । पूर्व प्रहरी कर्मचारीहरुले आफुले स्वस्फुर्तमा रुपमा सहयोग गरिएको सचिव लोकबहादुर कुँवरले जानकारी दिनुभयो ।
पूर्व प्रहरी संगठनका अध्यक्ष शिव बहादुर कुँवर, पूर्वअध्यक्ष ओमप्रसाद श्रेष्ठ, उपाध्यक्ष झगबहादुर थापा, सचिव चिन्तामणी राना, कोषाध्यक्ष लोकबहादुर कुँवरको सहभागितामा आर्थिक सहयोग रकम पठाईएको हो ।