नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका लागि देवदहका विजय गुरुङको उम्मेदवारी

बुटवल । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनका लागि देवदह जेसीजका संस्थापक अध्यक्ष बिजय गुरुङलाई नेपाल जेसीजको सन् २०२४ को राष्ट्रिय अध्यक्षमा अगाडि सारिएको छ । देवदह जेसीजले शनिबार देवदहमा गरेको राष्ट्रिय अध्यक्षका लागि उम्मेद्वारी सार्वजनिक कार्यक्रममा सहभागी भएका देवदहका जेसीस अगुवाहरुले सन् २०२४ को राष्ट्रिय अध्यक्षका लागि गुरुङ बाहेक अरुको विकल्प नभएको दावी गरेका हुन् ।

देवदह जेसीजका संस्थापक अध्यक्ष गुरुङ वर्ष २०१८ मा राष्ट्रिय उपाध्यक्ष, २०२० राष्ट्रिय कार्यकारणी उपाध्यक्ष र २०२१ मा राष्ट्रिय अध्यक्ष सल्लाहकार बनेको भन्दै अहिले राष्ट्रिय अध्यक्षका लागि तयार भएको उनीहरुले बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका अध्यक्ष धुव्रप्रसाद खरेलले सामाजिक चेतना र विकासका लागि गुरुङले गरेका थुप्रै उदाहरणीय कार्यहरु भएकाले युवा क्षमता विकास र युवाको नेतृत्व, ब्यक्तित्व विकासका लागि गुरुङ एकमात्र उम्मेद्वार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले गुरुङलाई नेपाल जेसीजमा विजयी बनाउन हरेकतर्फबाट सहयोग र सहकार्य गर्ने विश्वास ब्यक्त गर्नुभयो । यस्तै देवदहका पुर्व मेयर हिराबहादुर खत्रीले युवालाई अगाडि बढाउन र युवामा केही गर्नुपर्छ भन्ने चाहनाको विकास गराउन गुरुङमा धेरै योजना र भिजनहरु भएको बताउनुभयो । उहाँले गुरुङको राष्ट्रिय अध्यक्षका लागि दिइने उम्मेद्वारी जेसीसकै लागि महत्वपुर्ण भएको प्रतिकृया दिनुभयो ।

कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले युवाका लागि केही गर्नुपर्छ भन्ने चाहना धेरै नै भएकाले रुपन्देही मात्र होईन समग्र लुम्बिनी प्रदेशका लागि गुरुङले दिने उम्मेद्वारी उत्तम भएको बताउनुभयो । त्यसैगरी राष्ट्रिय युवा संघ लुम्विनीका अध्यक्ष सुरज खरेलले आफ्नो संगठनबाट गुरुङको पक्षमा मतदान गर्न सबै सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले गुरुङको जित यसक्षेत्रकै लागि गौरवको विषय भएकाले विजयी बनाउने कार्यमा सँगसँगै रहने बताउनुभयो ।

भलवाडी जेसिजका पुर्व अध्यक्ष, नेवि संघका नेता चिरञ्जीवि बस्यालले राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी दिएका गुरुङलाई कुनै पनि सर्तमा जिताउन सबैले गृहकार्य गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा उम्मेद्वारी प्रमोशन कमिटीका प्रमुख सुरेन्द्र अधिकारीले युवासँगै सक्रिय, जुजारु र मित्रवत भावनाका भएकाले अहिलेको नेपाल जेसीजको नेतृत्व उनैलाई दिनुपर्ने माग सहित विचार राख्नुभयो ।

देवदह जेसीजका अध्यक्ष दुर्गा दहालको अध्यक्षता तथा महासचिव आनन्द पराजुलीको संचालनमा भएको राष्ट्रिय अध्यक्षका लागि उम्मेद्वारी सार्वजनिक कार्यक्रममा देवदह क्षेत्रका सामाजिक अगुवा, उद्योगी, ब्यवसायी तथा जेसीजका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

बुटवल जेसीजको आतिथ्यतामा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन मंसिर २९ देखि पुस २ गतेसम्म बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय महाधिवेशन हुने भएको हो । महाधिवेशनको तयारी तिब्र पारिएको कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । महाधिवेशनमा गुरुङ सहित चार जनाले राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी दिने बताइएको छ ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त