नेपाल आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बिहीबार साँझ थाइल्यान्डसँग भिड्दैछ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल साँझ ५ः४५ बजे थाइल्यान्डको चोनबुरीमा हुनेछ ।

बिज्ञापन

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस खेललाई नेपाली टोलीको कमजोरी पत्ता लगाउने खेलको रुपमा लिनुभएको छ । प्रशिक्षक अल्मुताइरीले एसिया कप छनोटका लागि यस खेल उपयोगी हुने विश्वास पनि लिनुभएको छ । प्रशिक्षकले थाइल्यान्डविरुद्ध अनुभवी र युवा खेलाडी सम्मिलित टोली उतार्ने तयारी गर्नुभएको छ ।

थाइल्यान्ड नेपालका लागि तुलनात्मक बलियो प्रतिद्वन्द्वी हो । फिफा वरीयतामा पनि थाइल्यान्ड माथि छ । वरीयतामा थाइल्यान्ड ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ । नेपालले थाइल्यान्डसँग तीन दशकपछि फुटबल खेल्न लागेको हो । यसअघि नेपालले सन् १९८७ मा ओलम्पिक छनोट खेलेको थियो । त्यतिवेला नेपाल दुवै खेलमा ३–० र २–१ गोलले पराजित भएको थियो ।

बिज्ञापन

सोमबार थाइल्यान्ड गएको नेपाली टोलीले त्यहाँ दुई दिन प्रशिक्षण गरेको थियो । नेपालले चैत १३ गते थाइल्यान्डको शीर्ष क्लब चोनबुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपाल अहिले अभ्यासमा ब्यस्त छ । त्यसैको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टोलीमा कप्तान किरण चेम्जोङ, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ र सुवास गुरुङ ।

 

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर