नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरिएको छ । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई सोमबार नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले प्रशिक्षकमा नियुक्त गरेको हो ।

नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका प्रभाकरसँग अफगानिस्तान, रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको प्रशिक्षक भई जिम्मेवारी सम्हालेको अनुभव छ । प्रभाकरलाई एक वर्षका लागि प्रशिक्षकको रुपमा अनुबन्ध गरिएको क्यानले जनाएको छ । सन् १९९९ मा खेल मिलेमतो गरेको विवादमा मुछिएका प्रभाकरलाई त्यतिबेला भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाइएको थियो। यस्तै, प्रभाकरलाई दिल्ली क्रिकेट टिमले खेलाडी र छनोटकर्ताको विषयमा आलोचना गरेको भन्दै प्रशिक्षकबाट पनि हटाएको रेकर्ड छ । त्यसपछि प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजेका थिए । तर, सफल भएनन् ।

गत साउन ४ गते नेपाली टिमका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद खाली थियो। सोमबार क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते