नेपाली कृकेट टिमलाई बधाई दिँदै पाकिस्थानी कृकेटर रिजवान लेख्छन, विश्वकपमा भेटौंला

बिज्ञापन

काठमाडौं । नेपालले दशबर्षपछि टी-२० विश्वकपमा स्थान बनाएपछि देशभित्र खुशीयालीको माहोल छ । सामाजिक सञ्जालमा सबैले नेपाली क्रिकेट टीमलाई बधाई दिइरहेका छन् ।

बिज्ञापन

देशभित्र उत्सवको माहोलभित्र एक चर्चित विदेशी क्रिकेटरले पनि नेपाल विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । उनी हुन् पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ।

अहिले भारतमा विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिएका छन् ।

बिज्ञापन

उनी लेख्छन्, ‘टीम नेपाललाई बधाई छ । तिमीहरु वास्तवमै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौंला ।’

रिजवानको यो पोस्टमा सयौं नेपालीहरुले कमेन्ट गर्दै धन्यवाद दिएका छन् ।

नेपाली क्रिकेट र क्रिकेटरलाई असाध्यै माया गर्ने पाकिस्तानी खेलाडी हुन् रिजवान । नेपाल एसिया कप खेल्न पाकिस्तान जाँदा उनले नेपाली खेलाडीहरुलाई होटलमै गएर भेटेका थिए । उनी सन्दीप लामिछाने थुनामुक्त भएपछि उनलाई भेट्न नेपालसम्मै आएका थिए ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व