नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ।

बिज्ञापन

नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले १० बलमै अर्धशतक पूरा गरे । भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका हुन् ।

बिज्ञापन

अविश्वसनीय हिटिङ गर्दै उनले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए ।

नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए । मिलरले बनाएको कीर्तिमानपछि रोहित र सुदेशले बराबरी गरेका थिए।

मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध, रोहितले सोही वर्ष श्रीलंकाविरुद्ध र सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३१ बलमै शतक पुरा गरेको इतिहास छ ।दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक पुरा गरेका थिए ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो। नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए।

नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ। यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका थिए।

यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी-२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। उनले १० बलमै अर्धशतक पुरा गरेका थिए।

कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरे। यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै