नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

बिज्ञापन

नेपाल क्रिकेट संघ क्यानले अक्टोबरमा ट्राइनेसन्स टी २० सिरिज आयोजना गर्ने भएको छ । आईसीसी मेन्स विश्वकप  क्रिकेटको एसिया छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल, हङक र युएई खेल्ने छन् ।

बिज्ञापन

क्यानको अधिवेशनपछि आज पहिलो पटक बसेको बैठकलले विभिन्न ११ वटा निर्णय पनि गरेको छ । अध्यक्ष चन्दको संयोजकत्वमा ५ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । उक्त समितिमा अध्यक्ष चन्दसहित उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र सदस्य दिवाकर घले रहेका छन् ।

यसैगरी आउँदो प्रधानमन्त्री प्रतियोगितामा ७ प्रदेश र ३ विभाग गरी १० टिमलाई खेलाउने र राउन्ड रोविन लिगका आधारमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बिज्ञापन

यसैगरी उक्त प्रतियोगिता सेमिफाइनल दुई दिवसीय र फाइनल दिवसीय  गर्ने निर्णय गरेको छ । यस्तै, अर्को वार्षिक साधारणसभामा पदाधिकारी थप गर्ने निर्णय लैजाने भएको छ । 

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल