नेपालमा कोरोनाको नयाँ भेरियन्ट भएको पुष्टि, सजग रहन मन्त्रालयको अनुरोध

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (एवाई१) भेटिएको जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले डेल्टा भेरियल्ट र यसको म्युटेन्ट डेल्टा प्लस सक्रिय देखिएको छ । देशभरबाट संकलन गरिएको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि ३० असारमा भारत पठाइएको थियो । सबै नमुनामा डेल्टा भेरियन्ट पाइएको छ । त्यसमध्ये ३ वटामा डेल्टा प्लस म्युटेन्ट पाइएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका तीनवटा अल्फा, डेल्टा र कप्पा भेरियन्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ ।

मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सम्भावित तेस्रो तहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी