नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन, दर्ता भएन चुनाव चिन्ह जुध्यो

बिज्ञापन

काठमाडौँ । नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ ।  आयोगले भने कानूनी प्रावधान हेरेर बिहीबार मात्रै दर्ता गर्ने जनाएको छ ।

बिज्ञापन

माधव निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह खुला किताब राखिएको छ । नेपाल समूहकै रुपमा चिनिएका कतिपय नेताहरु भने नयाँ दल बनाउने सन्दर्भमा अझै खुलेका छैनन् । भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दोस्रो तहका नेताहरुलेपार्टी विभाजन स्विकार गर्न नसकिने बताउँदै आइरहनुभएको छ ।

आयोगमा पठाइएको माधव पक्षको पार्टीको चुनाव चिन्ह समेत जुधेको छ । खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको आयोग निकट स्रोतले बतायो ।  चुनाव चिन्ह जुधेकै कारण पनि माधव नेपालले चाहेको पार्टी आज दर्ता हुन नसकेको हो ।  ।

बिज्ञापन

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए  ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो