नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही गरेको जनाएको छ ।

खेलको तेस्रो ओभरमा तान्जिमले नेपालका कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए ।

उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि आईसीसीले कारबाही गरेको हो । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई छुन पाउँदैन । सकिबले आफ्नो गल्तीलाई स्वीकार गरेका छन् ।

नेपाल आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने