नेता विसीको सक्रियतामा सुयाडा प्रहरी चौकी स्थापना

जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो ।
नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी नेता विसी सहित छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महतारा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, प्रहरी प्रमुख (डिएसपी) मधुकुमार थापा, वडाध्यक्षहरु बालकृष्ण बुुढा र गणेश प्रसाद जैंसी लगाएतको उस्थितिमा उद्घाटन गरिएको हो ।
दुई जिल्लाको सिमाना, पर्यटकीय स्थल तथा मध्यपहाडी लोकमार्गका कारण आवत जावत बढ्न थालेपछि नै प्रहरी चौकी माग गरिएको र लामो प्रयास पछि अहिले सो माग पुरा भएको नेता विसीले जानकारी दिए । सो ठाउँमा भएको बस्ती विकास र मध्यपहाडी लोकमार्ग हुँदै आवत जावत बढेपछि सबै तहबाट आवश्यक प्रक्रिया पुरा गरी प्रहरी चौकी माग गरेका हौं, नेता विसीले भने “अहिले पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा लगाएतका नेताहरुको समन्वयमा माग पुरा भएको छ ।” प्रहरी चौकी स्थापना भएपछि सो क्षेत्रको शान्ती सुरक्षामा टेवा पुग्ने नेता विसीको भनाई छ ।
सुयाडा क्षेत्रका स्थानीय वासिन्दा समेत रहेका नेता विसीले प्रहरी चौकी स्थापनाका लागि वडाध्यक्षहरु बुढा र जैसीले पनि निकै पहल गरेको बताए । सो ठाउँमा प्रहरी चौकीको माग गरी सोही बमोजिमको निर्णय भएको भएपनि दरबन्दी लगाएतको कानूनी अड्चनका कारण हाललाई अस्थायी प्रहरी पोष्ट स्थापना भएको र सो प्रक्रिया मिलाउदा निर्णय भएको ९ महिना पछि मात्र स्थापना गर्न सकिएको उनको भनाई छ ।
आफुहरुले सुयाडा सहित जिल्लाका अन्य आवश्यक ठाउँमा समेत प्रहरी चौकी स्थापनाका लागि माग गरेको भन्दै भेरी नगरपालिकाको भुर पोखरा र बारेकोटको दह बजारमा समेत प्रहरी चौकी स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए । पूर्व जिल्ला विकास समितिकाे उपसभापति समेत रहेका नेता विसी जाजरकाेटका अत्यन्त लाेकप्रिय नेता हुन ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन