देवदह । नेकपा एमाले देवदहले स्थानी निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तिव्र बनाएको छ । स्थानीय निर्वाचन २०७९ करिव २ हप्ता समय मात्र रहेको अवस्थामा सबै वडामा घरदैलो गर्ने कार्यलाई अभियानकोरुपमा संचालन गरिएको नेकपा एमाले देवदहले जनाएको छ । नगर प्रमुख, उपप्रमुख र वडा समितिका उमेदवार सहितको सहभागितामा देवदह–१० मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
देवदह –१० को भलुही र चरङ्गेमा घरदैलो सम्पन्न भएको थियो । घर घरमा गएर मत माग्ने र नागरिकको गुनासो सुन्ने कार्यको लागि घरदैलो कार्यक्रम राखिएको हो । घरदैलो कार्यक्रममा र घरदैलो संगै गरिको कोण सभामा बोल्दै नेकपा एमालेको तर्फवाट नगर प्रमुख पदका उमेदवार ध्र्र्रवप्रसाद खरेलले समानुपातिक बिकासको लागि र सुशासनको लागि आफु प्रतिबद्ध भएको बताउनु भयो । उहाँले देवदह नगरपालिकाको वडा नं. १० लाई पर्यटन र कृषिको बिकासमा जोड दिने बताउनु भयो । खोला कटान नियन्त्रणको लागि गुरु योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सोही अवसरमा उपप्रमुख पदका उमेदवार बिद्या लक्ष्मी गुरुङ्गले महिलाहरुको क्षेमता बृद्धि र उत्पादन प्रद्धिमा योजना बनाएर काम गर्ने बताउनु भयो । उहाँले गरिवी न्युनीकरणको लागि बिशेष कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
देवदह नगरपालिका वडा नं. १० का उमेदवार मनकुमार कनौजेले सबै टोलमा समानुपातिक बिकास गर्न आफु निरन्तर लागि रहनेमा जोड दिनु भयो । देवदह १० मा रहेको रोहिणीको मुहान संरक्षण गर्ने र पर्यटकीय स्थल बनाउन लागि रहने बताउनु भयो । उहाँले गरिवी न्युनीकरणको लागि बिशेष कार्यक्रम संचालन गर्ने र वडा वासीलाई उद्यमी बनाउने बताउनु भयो ।
त्यसैगरी नेकपा एमालेले देवदहका १२ वटै वडामा घरदैलो तथा भेटघाट कार्यक्रम संचालन गरेको जनाएको छ । वडा नं.१ ले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी वडा नं.२ ले घरभेटघाटको लागि तयारी बैठक सम्पन्न गरेको छ । वडा नं. ३ ले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । वडा नं.४ ले पिपरैहिया र डमरुवा टोलमा घरभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । वडा नं.५ ले गुरुङ्गटोलामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ६ ले शिवालय टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ७ ले हिले टोलमा घरदैलो सम्पन्न गरेको छ । वडा नं ८ ले घरदैलो तयारी बैठक सम्पन्न गरेको जनाएको छ ।
त्यसैगरी वडा नं. ९ मा गरदैलो कार्यक्रमको तयारी गरी घर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । वडा नं.१० ले प्रमुख र उपप्रमुखका उमेदवार सहित भलुही र चरङ्गेमा घरदैलो अभियान सम्पन्न गरेको छ । वडा नं. ११ ले कदमीपुरमा घरदैलो गरेको र वडा नं. १२ ले प्रगतिनगरमा घरदैलो गरेको नेकपा एमालेले जनाएको छ ।