निर्वाचनबाट तर्सिको छ वर्तमान सत्ता गठबन्धन : एमाले उपाध्यक्ष पौडेल

फाइल फाेटाे

सिद्धार्थनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको पाँच दलीय सत्ता गठबन्धन निर्वाचन सुन्नासाथ तर्सिने गरेको बताउनुभएको छ । एमाले सिद्धार्थनगर नगर कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको खुलासा पनि गर्नुभयो ।

‘नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनी खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ,’ पौडेलले भन्नुभयो ।

उहाँले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार आत्तिएको र चुनाव टार्ने षडयन्त्र जारी राखेको पनि बताउनु भयो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना