नारिकोट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

प्युठान। प्युठानको गौमुखी गाउँपालिका वडा नंम्बर -७ नारिकोटलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । नारिकोट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा प्युठान जिल्लाकै पहिलो वडा हो ।

बिज्ञापन

नेपाल सरकारका निर्धारित मापड्ण्ड तथा प्रक्रीया पूरा गरेपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख हरीप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार यो वडामा यस वर्ष ६९ जना सुत्केरी भएका सवै जना स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका हुन् । संस्थागत सुत्केरीसँगै सवैले ४ पटक गर्भ जाँच समेत गराएका छन् । सवैले टि.डी खोप र पिएमटिसिटी सेवा लिएका छन् । सवैले ३ पटक सुत्केरी जाँच गराएका छन् । ६९ मध्ये ६७ जनाले २२५ चक्की आइरन खाएका छन् । उक्त सूचकहरु पुरा भएकाले पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको जैसीले जानकारी दिए । 

अब नारिकोटमा कुनैपनि गर्भवती घरमा सुत्केरी हुनेछैनन् । पालिकाले  सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिए अनुरुप ७ नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि घोषणा गरिएको हो ।नारिकोट स्वास्थ्य चौकीमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तारा जिसी, जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायत अतिथीकाे उपस्थिती रहेको थियो।

बिज्ञापन

अहिले  नारिकोट स्वास्थ्य संस्थामा दरवन्दी अनुसार कर्मचारीको स्थायी पदपुर्ति नहुँदा समस्या छ । त्यसैगरी, कच्ची सडक, स्वच्छ खानेपानीको आपुर्ति लगायतका समस्या रहेका छन्।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा