नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चल्यो

नवलपरासी // नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चलेको छ। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिममा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए। सरावल गाउँपालिका(४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद थियो।

बिज्ञापन
बिज्ञापन

उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए। घटनाबारे खबर पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा ११ जनाको टोली खटिएको छ। यादव अझै फरार छन्। गोलीले कसैलाई नलागेको कँडेलले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खवर

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै

बंगलादेशसँग नेपाल २१ रनले पराजित

सामाजिक सेवा समूह देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार चयन

देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता

नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन