देवदह // देवदह-२ मा अवस्थित नमुना एभरग्रीन ईंग्लिश बोडिङ स्कुलमा बार्षिक खेल सप्ताह सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै बिधालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने , यसले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने बताउनुभयो ।
पहिलो दिन सम्पन्न १०० मिटर छात्र तर्फ आबिस्कार लम्साल प्रथम , अनमोल तामाङ दितिय र अमन थापा तृतीय भएका छन । त्यसैगरी छात्रा तर्फ पारु राई, एलिना गाहा र प्रतिज्ञा गिरि क्रमशः प्रथम, दितिय र तृतीय हुन सफल भएका छन। त्यसैगरी लङजम्प छात्रतर्फ अनमोल तामाङ, आबिस्कार लम्साल र सुप्रिम पौडेल क्रमशः प्रथम, दितिय र तृतीय भएका छन्।
३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न १४ बिधामा खेलहरु हुने बिधालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुवरले जानकारी गराउनु भएको छ। बिधालयका संयोजक सृष्टि बरालको अध्यक्षता, शिक्षक रुद्र प्रसाद पाण्डेको निर्णायक भुमिका, शिक्षक सरिता गिरि र मिना गाहा मगरको सहजीकरणमा पहिलो दिनको खेलहरु सम्पन्न भएका थिए ।