नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

देवदह । रुपन्देहीको देवदह–२ मा अवस्थित नमुना एभरग्रिन ई.बो. स्कुलमा शिक्षक अभिभावक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने हेतुले शिक्षक र अभिभावक बिच अन्तरक्रिया कार्यक्रम राखिएको कुरा विद्यालयका प्रिन्सिपल कमल पौडेलले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीहरुको चौतर्फी विकासका लागि उचित मार्गदर्शनको भूमिका अभिभावक र शिक्षकले खेल्नुपर्ने कुरा पनि बताउनुभयो ।

उक्त कार्यक्रममा शिक्षकहरुले विद्यार्थीहरूको मासिक शैक्षिक उपलब्धि विवरण अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो भने अभिभावकहरुले विद्यार्थीहरूको घरमा हुने सिकाई गतिविधि तथा अन्य क्रियाकलापको जानकारी गराउनु भएको थियो ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण