नगर अस्पताल उद्घाटन गर्दै देवदह नगरपालिका

बिज्ञापन

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाले नगर अस्पताल यहि असोज १० गते उद्घाटन गर्ने भएको छ। देवदह नगरपालिकाले १३२ औं कार्यपालिका बैठकमा देवदहकै गौरवको रुपमा रहेको देवदह नगर अस्पताल यहि असोज १० गते उदघाटन गर्ने निर्णय गरेको हो। स्थानीय निर्वाचन २०७९ पछि निर्वाचित जनप्रतिनिधिको पहिलो नगर सभामा प्रस्तुत निति तथा कार्यक्रममा नगर अस्पताल संचालन गर्ने सर्वसम्मत निर्णय भएको थियो। नगर कार्यपालिकाले गत साउन ३० गतेको बैठकको निर्णय अनुसार नगर अस्पताल संचालनको लागि आवश्यक पुर्वधार तयारी गरेको र १० बेडको नगर अस्पताल संचालन गर्न लागेको हो। बैठकले ११ सदस्यीय नगर अस्पताल संचालन तथा ब्यवस्थापन समिती गठन गर्ने निर्णय समेत गरेको छ।

बिज्ञापन

देवदह नगरपालिकाको १३२ औं कार्यपालिका बैठकका निर्णयहरु :

१. देवदहकै गौरवको रुपमा रहेको देवदह नगर अस्पताल यहि असोज १० गते उदघाटन गर्ने निर्णय गरेको छ।
बैठकले ११ सदस्यीय नगर अस्पताल संचालन तथा ब्यवस्थापन समिती गठन गर्ने निर्णय गरेको छ।

बिज्ञापन

२. साथै जिल्ला समन्वयन समितिको नदि जन्य पदार्थ सम्बन्धि निर्णय सम्बन्धमा छलफल गरि अबैधानिक स्टकको हकमा प्राप्त कागजातहरु आवश्यक निर्णयका लागि जिल्ला समन्वय कार्यलय रुपन्देहीमा पेश गर्ने निर्णय गरेको छ।

३. देवदह नगरपालिका कार्यक्षेत्र भित्र लाग्ने साप्ताहि हाट बजारहरुको राजस्व संकलन सम्बन्धमा पुन ठेक्का बन्दोबस्त गर्ने निर्णय गरेको छ।
४. बैठकले लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण रणनीति २०७८ स्वीकृत , देवदह नगरपालिका उपप्रमुख सङ महिला कार्यक्रम संचालन कार्यबिधी २०७६ संसोधन गर्ने निर्णय गरेको छ। 
५. देवदह नगरपालिकाको कार्यक्षेत्र भित्र रहेको मुख्य सडकको (हाइवे) ८२ फुट भित्र रहेको ठेला, ब्यापारी एब ब्यवसायीहरु सङ नगरपालिकाले छलफल गरि उक्त पसल, निर्माण सामाग्री लगायतका संरचना हटाउनको लागि १५ दिने सूचना जारी गर्ने। उक्त सडक केही समय भित्रनै बुटवल नारायण सडक आयोजनाले निर्माण बिस्तार गर्ने क्रममा रहेको, चाडपर्वमा सडकमा भिडभाड, सडकनै कुरुप र दुर्घटनाको जोखिम रहेको हुँदा सम्पुर्ण ब्यावसायीलाई विनम्रताका साथ सडक खालि गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

६. सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्रगत एक देखि ब्राह वडा सम्मका १७५ लाभग्राहीहरुलाई सम्झौता अनुरुप पहिलो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको छ।
७. देवदह नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको छ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो