नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

बिज्ञापन

बिज्ञापन
whatsapp sharing button
नक्कलि मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।

बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरेको थियो ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ ।  उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिज्ञापन

नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

 

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न