दोलखाका १० मतदान केन्द्रमा १५ गते पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले सोमबार दोलखाका निष्पक्ष निर्वाचन हुन नसकेका १० वटा निर्वाचन केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेकाले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय छ ।

‘वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरूको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा’ पुनः निर्वाचन गराउने निर्णय भएको आयोजले जनाएको छ । ती केन्द्रको यसअघिको मतदानलाई रद्द गर्दै पुनः मतदान मिति घोषणा गरिएको हो ।

त्यस्तै, दोलखाकै वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पनि पुनः मतदान गर्ने आयोगले निर्णय गरेको छ । १०० मतपत्रको अधकट्टी हराएकाले त्यहाँ पुनः मतदान गर्नुपर्ने निर्णय भएको आयोगले जनाएको छ ।

ती निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीहरूमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने निर्णय पनि आयोगले गरेको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी