दैनिक चार घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडक माघे संक्रान्तिमा बन्द नहुने

बिज्ञापन

चितवन । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ ।

बिज्ञापन

तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।

तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।

बिज्ञापन

पुस २८ गतेदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

पछिल्लो तीन हप्तामा सडक बन्द गरेर ३५ मिटर अग्लो पहाडलाई १५ मिटर काटेर २० मिटरमा झारिएको आयोजनाले जनाएको छ । बाँकी २० मिटर थपिएको ३ हप्ता भित्र काट्ने योजना छ ।

जमिनको सतह नजिकै ल्याएपछि सवारी नरोकिकन पनि काम गर्न सकिने आयोजनाले जनाएको छ । दैनिक ४ घण्टा भनेपछि ३ घण्टाभन्दा बढी समय ठेकेदार कम्पनीले काम गर्न नपाएको आयोजनाले दावी रहेकाे छ ।

यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।

दैनिक ४ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड माघ १ गते भने दिनभर नै खुला रहने आयोजनाले जनाएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ । सो दिन निर्वाध रुपमा नारायणगढतर्फ आउन र जान सकिने आयोजनाको भनाइ छ ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै