देवदह ८ मा एक दिने आँखा शिविर सम्पन्न

बिज्ञापन

देवदह // देवदह नगरपालिकाको वडा नं ८ मा एक दिने आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदहको आयोजना र देवदह नगरपालिका वडा नं ८ को व्यवस्थापनमा शिविर सम्पन्न भएको हो।

बिज्ञापन

सिविरमा १ सय २५ जनाले आँखा परिक्षण गराएका थिए। आँखा जाच गराएका मध्य ४ जना विरामीहरुको मोतिया विन्दुको सल्कृया गर्नु पर्ने देखिएको थियो। सिवीरमा लायन्स आँखा उपचार केन्द्र देवदहको प्राविधिक टोलीले आखा चेक जाच गरेका थिए।

कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डेले सामाजिक संस्थाले स्थानिय स्तरमा शिविर सञ्चालन गर्नाले आम नागरिकको आँखा जस्तो संवेदनसिल अंगको लागि परोपकारी काम भएको बताउनुभयो। आफ्नै घर आँगनीमा आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन्।

बिज्ञापन

शिविरमा डिपुटि चिफ लायन ऋषिराम सापकोटा, क्लस्टर चिफ राम बहादुर गुरुङ, निवर्तमान अध्यक्ष विष्णु ज्ञवाली, वडा नं ८ को वडा सचिव सनम परियार लगाएत क्लबका सदस्य तथा स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो।

कार्यक्रम क्लबका अध्यक्ष मन बहादुर क्षेत्रीको अध्यक्षता र सचिव जसु पुनको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै