देवदह ६ मा फोहोर वर्गीकरणका लागि घरदैलो अभियान

देवदह । देवदह ६ मा फोहोर व्यवस्थापनका लागि वर्गीकरण अभियानको सुरुवात गरिएको छ। देवदह नगरपालिका वडा नं. ६ को आयोजनामा स्वच्छ,सुन्दर र सरसफाईयुक्त गाँउ अनि शहर हामी सबैको रहर भन्ने मुल नाराका साथ फोहोरको स्रोतमा नै बर्गीकरणका लागि घर दैलो अभियान शुभारम्भ गरिएको हो।

देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नं. ६ का जन प्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, आमा समुहका प्रतिनिधिहरु, विभिन्न संघ संस्था, नगर प्रहरी, वडाका कर्मचारीहरु र सरोकारवालाहरुको उपस्थितिमा सोमबारबाट अभियान सुरु भएको हो ।

घरदैलो कार्यक्रममा फोहोर बर्गीकरण गरिनुका साथै फोहोर बर्गीकरण सम्बन्धमा जानकारी समेत गराइएको थियो । फोहोर बर्गीकरण गर्ने हो भने आधा भन्दा बढी फोहोर कम हुने देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । त्यस्तै फोहोर बर्गीकरण गरि कुहिने फोहोर मल बनाउन सकिने र प्लाष्टीक जन्य फोहोर छुट्याइ बिक्री गर्न समेत सकिने देवदह नगरपालिका वडा नं. ६ का अध्यक्ष खेम बहादुर थापाले बताउनुभयो।

अभियानको सुरुवातमा अमरसिंह चोक,पिपलडाँडा,लक्ष्मीनगर, मिलनचोक लगायतको स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको र बाँकी टोलहरुमा समेत अभियान चलाउने वडा अध्यक्ष थापाको भनाई रहेको थियो ।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या