देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

देवदह । देवदह नगरपालिका वडा नं ५ ले वडास्तरको खेलकुद समिति गठन गरेको छ । देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको अध्यक्षतामा बसेको वडा समिति बैठकले नयाँ खेलकुद समिति गठन गर्ने निर्णय गरेको हो।

नवगठित खेलकुद समिति नविन लुईटेलको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ ।  जसको उपाध्यक्षमा कुलबिर घर्ती मगर, सचिवमा सलिना रेश्मी, कोषाध्यक्षमा पारस न्यौपाने, सह सचिवमा निश्वल अर्याल र सदस्यहरुमा विवेक खराल, बालकृष्ण सुनार, संगिता तामाङ, सलिना कार्की र सुवास चापागाईं सदस्य रहेका छन्।

सो अवसरमा बोल्दै वडा अध्यक्ष डुम्रेले खेल प्रेमी युवाहरूलाई हौसला प्रदान गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले समिति गठन गरिएको बताउनुभयो । उहाले अघिल्लो समयमा खेलकुद समितिको अभावका कारण बजेट पारित गर्न उपभोक्ता समिति निर्माण गर्नु पर्ने स्थिति थियो, जसले बेरुजु देखिने समस्या निम्त्याउँथ्यो। अब यस समितिले वडामा आयोजना हुने सम्पूर्ण खेलकुद कार्यक्रम नगर खेलकुद समितिसँग समन्वय गर्दै विकास र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने विश्वास लिएको बताउनुभयो ।

 

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने