देवदह – ५ को वडा कार्यालय भवन उद्घाटन

सुरज भट्टराई ,रुपन्देही। रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवन सोमबार उद्घाटन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले आज उक्त भवनको उद्धाटन गर्दै यहि वडामा आधारभूत अस्पताल  र सडक पुर्वधारको काम अघि बढीरहेको बताए। उनले आँखा अस्पतालको काम सपन्न भएको बताउदै छिटो सञ्चालनमा ल्याउन आग्रह गरे।  साथै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले ५ नं वडा देवदहको केन्द्र बिन्दुको रुपमा रहेको बताए । देवदह भएर बगेको रोहिणी नदिलाई पर्यटकिय नदिको रुपमा विकास गर्नको लागि संघिय , प्रदेश र स्थानिय सरकार अघि बढेको उनले जानकारी दिए।

कार्यक्रममा देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङ ,देवदह नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासेले आफुहरु  देवदह नगरपालिकाको समृद्धिमा केन्द्रीत  रहेको बताए ।कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने टोल विकास संस्था, आमा समूह, विद्यालय स्वास्थ्यकर्मि, स्वयंसेवक, पत्रकार तथा संघ संस्थालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।  कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनितीक व्यक्तित्वहरु , सुरक्षा प्रमुख, स्वास्थ्यकर्मीहरु, संघ संस्थाका प्रतिनिधिहरु, शिक्षकहरु र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष झिल्लु न्यौपानेको अध्यक्षता , बैकुण्ठनगर टोल विकास संस्थाका अध्यक्ष कृष्ण हरि सापकोटाको स्वागत र वडा सचिब बामदेव पोखरेलको सञ्चालनमा भएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने