देवदह–११ मा किशोर–किशोरीका लागि रेडियो तालिम सम्पन्न

देवदह// देवदह नगरपालिकाको वडा नं ११ मा किशोर किशोरीका लगि रेडियो तालिम सम्पन्न भएको छ । किशोर किशोरीको क्षमता वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो। हेल्लो नेपाल मिडियाको आयोजनामा र देवदह नगरपालिका वडा नं ११ को आर्थिक सहयोगमा असोज २४ देखि ३० गते ७ दिन सम्म चलेको तालिममा ३१ जना युवायुवतीको सहभागीता रहेको थियो।

बिज्ञापन

तालिम समापन कार्यक्रममा देवदह नगरका नगरप्रमुख ध्रुव खरेलले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै किशोर किशोरीको क्षमता विकासमा तालिम फलदायी रहेको बताउनु भयो । उहाले आगामी दिनमा पनि यस वडाका बालबालिकाको लागि कार्यक्रम व्यवस्थापन गर्ने बताउनु भयो।

सोही कार्यक्रममा बोल्दै उप–प्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाको ११ र १२ वडाहरूमा यस्ता प्रकारका तालिम प्रभावकारी हुने बताउनु भयो । उहाले यहाँका वडावासीको सामाजिक रुपान्तरणमा नगरको तर्फबाट पहल गरिने बताउनु भयो।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष दुधनाथ यादव,वडा सदस्यहरु राजकुमार केवत, संगीता मल्लाहा,मंगल प्रसाद थारु, कौशिला हरिजन,पत्रकार त्रिलोचन दाहाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिज्ञापन

मुस्कान थारु,दीपेन्द्र थारुको संचालनमा भएको कार्यक्रम हेल्लो नेपाल मिडिया प्रा.लि.का अध्यक्ष यम रानाको अध्यक्षतामा भएको थियो । तालिममा पत्रकार मीन रानाले सहजीकरण गर्नु भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना