देवदह व्यापार संघको नवौं वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन

रुपन्देही // देवदह व्यापार संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता र रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले देश विकासको लागि सबै दल मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो। उहाले एकले अर्कोलाई स्वीकार गर्न आवश्यक रहेको बताउदै सहकार्य र समन्वयबाट गरिने कामले सवैलाई फाईदा पुग्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनुभएको विश्वर्माले पछिल्लो समय समाजमा अराजकता बढिरहेको बताउदै अराजकलाई रोक्नको लागि सवै लाग्नु पर्नेमा जोड दिनुभयो । उहाले नीति निर्माण प्रकृयामा सवै तहका नागरिकको सहभागिता हुनु पर्छ भनेर संविधानमा समानुपातिक व्यवस्था गरेको बताउनुभयो ।

बिज्ञापन

सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सदस्य जानकी न्यौपानेले देवदहको विकासको वारेमा आफुले वारम्वार सदनमा कुरा उठाएपनि सत्ता पक्षले सुनुवाई नगरेको दावी गर्नुभयो । उनले तिन तहको सरकार वीच सहकार्य भएमात्र विकास निर्माणले फड्को मार्ने दावी गर्नुभयो ।

यसैगरी नेपाल चेम्वर अफ कर्मश लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले खुल्ला सिमानाका कारण व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । उहाले खुल्ला सिमानाबाट हुनै अवैध व्यपार व्यवसायलाई राज्यले रोक्न आवश्यक रहेको बताउदै व्यवसायलाई परेको समस्या समाधान गर्न राज्यले पहल गर्न आवश्यक रहेको औल्याउनुभयो । उनले साझा दृष्टिको बनाएर अगाडि बढ्न सकेमात्र हरेक समस्याको समाधान निस्कने बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिका–१, का वडाअध्यक्ष दिपक नेपाल, नेपाली काङ्ग्रेस देवदहका सभापति गुनाखर भुर्तेल, देवदह उद्योग बाणिज्उ संघका अध्यक्ष हरि भण्डारी, सल्लाहकार रुद्रमान ढकाल, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपाने, जीवन विज्ञान प्रयोग शालाका नमकान्त पाण्डे लगायतले आ–आफना भनाई रखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष गुरुङ्गले बार्षिक प्रतिवेदन, महासचिव हरिलाल भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघलाई सहयोग गर्ने, पुर्व सदस्य र दुई जना व्यवसायीलाई सम्मान गरिएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै