देवदह वडाअध्यक्ष कपको उपाधि एशियन लाईट स्कुललाई

देवदह । रुपन्देहीको देवदह–५, कोलिय शान्ति पार्कमा संचालित वडाअध्यक्ष कप नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिताको उपाधी एशियनलाईट स्कुलले हात पारेको छ । कोलुवा फुटवल क्लव देवदह–५, को आयोजना र देवदह नगरपालिका–५, वडा कार्यालयको प्रमुख प्रायोजकमा उक्त प्रतियोगिता भएको हो ।

फाईनल खेलमा शिवपुर फुटवल क्लवलाई हराउदै एशियनलाईट स्कुलले उपाधी जितेको हो । जित संगै एशियनलाईट स्कुलले नगद ५१ हजार, ट्रफी प्राप्त गरेको छ। खेलमा एशियनलाईट स्कुलका जर्सी नम्वर १ का खेलाडी बुद्धिमान तामाङ्ग, जर्सी नम्वर ८, का खेलाडी सुजन राना र जर्सी नम्वर ३ का खेलाडी सविन तामाङ्गले १-१ गोल गरेका थिए । यता शिवपुर फुटवल क्लवले खेलमा कुनैपनि गोल गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउदै नगद ३१ हजार, ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिका लागिरहेको बताउनु भयो । उहाले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकोले नगरपालिकाले मेयर कप प्रतियोगिता छिट्टै संचालन गर्ने बताउनु भयो । उहाले देवदहमा खेलकुदलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेर अगाडि बढिरहेको बताउनु भयो।

कोलुवा फुटवल क्लवका अध्यक्ष कुलवीर घर्तीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रवक्ता तथा देवदह–५, का वडाअध्यक्ष गणेश डुम्रे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । क्लवका सचिव प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल