देवदह लायन्स आँखा उपचार केन्द्रमा पाँच महिनामा पाँचसय बढिले पाए सेवा

देवदह । देवदह लायन्स आखा उपचार केन्द्रले ५ महिनाको अवधिमा ५ सय ४ जनालाई सेवा प्रदान गरेको छ । देवदह लायन्स आखा उपचार केन्दले हप्ताको २ दिन अस्पताल संचालन गर्ने र हरेक दिन करिव १५ जनालाई सेवा दिदै आईरहेको छ ।

लायन्स क्लव अफ देवदहको व्यवस्थापन, बुटवल लायन्स आखा अस्पतालको सहयोग र नेपाल नेत्र ज्योति संघ लुम्विनी नेत्र विज्ञान अध्ययन संस्थाको प्राविधिक सहयोगमा देवदह लायन्स आखा उपचार केन्द संचालनमा आएको हो । देवदह लायन्स आखा उपचार केन्दले देवदह क्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा आखा परिक्षण शिविर संचालन गर्दै आईरहेको छ ।

देवदहमा लायन्स आखा उपचार केन्द संचालन संगै स्थानीयवासीलाई वाहिर गएर आखा परिक्षण गर्ने वाध्यता हटेको छ । स्थानीय स्तरमै आखाको उपचार पाएपछि बाहिर गएर मंहगोमा उपचार गर्न वाध्य भएका नागरिकलाई सहज भएको लायन्स क्लव अफ देवदहका पुर्वअध्यक्ष विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनु भयो । विगत ५ महिनामा देवदह लायन्स आखा उपचार केन्दले विद्यालय स्तरमा संचालन गरेको आखा परिक्षण शिविरमा २ हजार ६ सय ३५ जनाको आखा परिक्षण गरिएको नेत्र सहायक ओमप्रकाश आरखले जानकारी दिनु भयो ।

देवदह लायन्स आखा उपचार केन्दले विद्यालयमा मात्र नभई देवदह क्षेत्रमा हुने विभिन्न कार्यक्रममा समेत आखा परिक्षण शिविर संचालन गर्दै आईरहेको छ । देवदह लायन्स आखा उपचार केन्दले विभिन्न कार्यक्रममा गरिएको आखा परिक्षण शिविरमा एक हजार २५ जनाले सेवा लिएको पुर्वअध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो । देवदह लायन्स आखा उपचार केन्दले विद्यालय स्तरमा गरिएको शिविरमा १ सय ६७ जनामा समस्या देखिएको नेत्र सहायक आरखले जानकारी दिनु भयो । यसैगरी अभियान अन्तर्गत ४७ जनामा मोतियाविन्दु भेटिएको र उनीहरुलाई बुटवल लायन्स आखा अस्पतालमा अप्रेसनको लागि सिफारिस गरिएको उहाले जानकारी दिनु भयो । देवदह लायन्स आखा उपचार केन्दले प्रविधिको अभावका कारण भने जस्तो नागरिकलाई सेवा दिन नसकेको आरखले बताउनु भयो ।

लायन्स क्लव अफ देवदहद्धारा संचालित देवदह लायन्स आखा उपचार केन्दमा राज्यले लगानी गर्न नसकेको पुर्वअध्यक्ष ज्ञवालीले बताउनु भयो । स्थानीय तहले देवदह लायन्स आखा उपचार केन्दमा एक जना कर्मचारीको व्यवस्था गरिदिए देवदह क्षेत्रका ८० प्रतिशत नागरिकलाई सेवा प्रवाह गर्न सकिनेमा जोड दिनु भयो । देवदह लायन्स आखा उपचार केन्दमा आखाको प्रेसर परिक्षण मेसिन, चश्माको पावर परिक्षण मेसिन आवश्यक रहेको आरखले बताउनु भयो । देवदह लायन्स आखा उपचार केन्दमा आखाको उपचार हुन्छ भन्ने कुरा स्थानीय तहले आमनागरिकले जानकारी दिन आवश्यक रहेको पुर्वअध्यक्ष ज्ञवालीले बताउनु भयो ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी