देवदह मा.विमा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न

देवदह। रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह मा.विमा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयको सभाहलमा एक कार्यक्रमका बिच स्काउट सम्बन्धि अभिमुखिकरण गरिएको हो । देवदह स्काउट दलद्वारा आयोजना गरिएको कार्यक्रममा देवदह नगर स्थानीय स्काउट समिति सदस्य दिल कुमार बिकले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगर स्थानीय स्काउट समिति सदस्य दिल कुमार बिकले स्काउट भनेको के हो? स्काउटका नियम, साईन, सल्युट, महत्व र आवश्यकताको बारेमा बताउनुभएको थियो । उहाले स्काउटले बालबालिकामा रेहेको प्रतिभाहरु प्रस्फुटन गराउने, आत्मनिर्भर कसरी बनाउने, समस्यासँग जुध्न कसरी सिकाउने? लगाएतको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै देवदह मा.विका सहायक प्रधानाध्यापक मेघराज घिमिरेले स्काउटले विद्यार्थीहरुलाई अनुशासित नैतिकवान, चरित्रवान, स्वावलम्बी, नेतृत्व गर्न सक्ने, एउटा योग्य नागरिक बन्न सहयोग पुर्याउने भएकोले बालबालिका र युवाहरुलाई स्काउट महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा देवदह नगर स्थानीय स्काउट समिति सदस्री सुरज भट्टराई, रोभर लिडर युवराज पन्थी, देवदह मा.विका स्काउट शिक्षक सुदिप भुषाल लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते