देवदह मा.विमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

देवदह । रुपन्देहीको देवदह ७ स्थित देवदह मा.विमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ। देवदह मा.विको आयोजना र देवदह नगरपालिकाको प्राविधिक सहयोगमा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालवालिकामा लगानीको ऐक्वद्धता भन्ने नारा सहित उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले लैंङ्गिक हिंसा अन्त्यको अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने र विभिन्न संघ संस्था, विद्यालयहरुले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको औल्याउनु भयो । विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जनचेतना जगाउने उद्देश्यले महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै विद्यालयको प्रसंसा समेत गर्नुभएको थियो । प्रत्येक नागरिक सचेत भए हिंसा आफै न्यूनीकरण हुने उहाले बताउनुभयो ।

सहजकर्ता अधिकारकर्मी मिनाक्षी न्यौपानेले सचेतना अभिमुखीकरण गराउँदै महिला अब सजग बनेर अगाडि बढ्नु र घरेलु होस वा अन्य कुनै पनि हिंसा सहेर बस्न नहुने बताउनुहुदै हिंसा कस्ता हुन्छन्, हिंसा बाट कसरी बच्न सकिन्छ, हिंसा कसरी पहिचान गर्ने लगायतका विषयमा कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । सोहि अवसरमा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेल, व्यवस्थापन समिति सल्लाहकार दुर्गा प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम थापा, अतिरिक्त क्रियाकलाप संयोजक खुम भण्डारी लगाएले लैंङ्गिक हिंसा विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम विद्यालयको शिक्षक ईन्दिरा अर्यालको अध्यक्षता र शिक्षक बाबुराम पन्थिको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी