नवौं राष्ट्रिय देवदह महोत्सव: कृति पौडेल सिङगिङ्ग आईडल र गित आले डान्सिङ्ग आईडल विजेता

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

देवदह । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को देवदह सिङगिङ्ग आईडलको उपाधी कृति पौडेलले जितेकी छिन् । माघ १० गतेदेखि शुरु भएको नवौ महोत्सवमा १२ जनालाई पछि पार्दै पौडेलले देवदह सिङगिङ्ग आईडलको उपाधी जित्न सफल भएकी हुन् ।

सिङगिङ्ग आईडलको उपाधी जितेसंगै पौडेलले नगद ३० हजार, ट्रफी प्राप्त गरेकी छिन् । ६० प्रतिशत निर्णायकको र ४० प्रतिशत भोटिङको आधारमा पौडेल देवदह सिङगिङ्ग आईडल बन्न सफल भएको सांस्कृतिक संयोजक पिताम्वर खरेलले जानकारी दिए । यसैगरी आकिश काम्मु द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त गरेका छन भने प्रिन्स कडेल तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेका छन् ।प्रतियोगितामा आदित्य परियार र नरेश सुनार सान्त्वना भएका छन् ।

यसैगरी महोत्सवको डान्सिङ्ग आईडलको उपाधी गित आलेले जितेकी छिन् । अडिसन राउण्डमा १७ रहेकोमा १६ जनालाई पछि पार्दै गित आलेले देवदह डान्सिङ्ग आईडलको उपाधी जित्न सफल भए । उपाधी जितेसंगै आलेले नगद ३० हजार र ट्रफी प्राप्त गरेको रमेश पोखरेलले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा जिया वानीया द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त  गरेकी छन भने रोशनी पाण्डे तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेकी छिन् । देवदह डान्सिङ्ग आईडलमा समिक्षा नेपाली र एड्रिना क्षेत्री सान्त्वना भएका छन् ।

देवदह डान्सिङ्ग र सिङगिङ्ग आईडलका विजेता, उपविजेतालाई नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका छन ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण