देवदह मदर टङ्ग्स एकेडेमीमा सदनात्मक नाट्य प्रदर्शन प्रतियोगिता सम्पन्न

देवदह // रुपन्देहीको देवदह ५ मितेरी गाउँमा अवस्थित विद्यालय देवदह मदर टङ्ग्स एकेडेमीमा साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनात्मक नाट्य प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा समाजमा भएका विभिन्न सामाजिक बिकृति र विसंगतिलाई नाटकको माध्यमबाट प्रदर्शन गरिएको थियो।

प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न पात्रको चरित्रलाई जीवन्त प्रस्तुत गरेका थिए। प्रतियोगितामा बाल बिबाह, दाइजो प्रथा, लैंगिक भेदभाव, प्रविधिको दुरुपयोग जस्ता विषयमा नाटक प्रर्दन गरिएको थियो। प्रतियोगितामा डेल्टा सदनका अञ्जली बि.क, खुम बहादुर सारु, सन्जिता गुरुङ ,रिया थापा, मिस्मा राना, रिजन गुरुङ,रबिन थापा,आरती सुनार र अंकिता क्षेत्रीको समूह प्रथम, अल्फा सदनका अस्मिन सुनार,शिवानी आले, इशा पौडेल, राहुल बि.क, अशिम गुरुङ, रोश्नी गुरुङ, प्रिति सुनार, सोनिया सुनार सिजन थापा र स्नेह गुरुङको समूह द्वितीय र बिटा सदनका दिव्या सुनार,सुनिम गुरुङ ,तमन्न सुनार, किरन राना, सुजिन गुरुङ, दिपक सारु, रमित रेश्मी, प्रविन सिंह मडाई, निशान्त घिमिरे, सुसन गुरुङ, आयुस्मा थापा र मौसम जि.सी.को ममूह तृतीय भएका थिए। प्रतियोगितामा निर्णायकको भूमिका दुर्गा जिसी, प्रताप सिंह गुरुङ र सुवास ज्ञवालीले गर्नुभएको थियो भने समय सूचकको जिम्मेवारी नविन चापागाईले गर्नुभएको थियो।

प्रतियोगिता साप्ताहिक क्रियाकलाप प्रमुख मधुसुदन दिशामगरको अध्यक्षता, विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङको प्रमुख आतिथ्यता र शिक्षिका अस्मिता हितानको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने