देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व

देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ ।  गत शुक्रवार भएको नमुना चुनावबाट निर्वाचित भएका पदाधिकारीलाई एक कार्यक्रमबीच जिम्मेवारी प्रदान गरिएको विद्यालयले जनाएको छ ।

निर्वाचनको मतपरिणाम अनुसार जुनियर युवा रेडक्रस सर्कलमा प्राप्ति क्षेत्रीको अध्यक्षतामा समिति गठन भएको छ । जसको उपाध्यक्षमा अनुष्का भण्डारी, सचिवमा आयुष बि.क, सह–सचिवमा धिमन थापा, कोषाध्यक्षमा सालिन ठहराई  र सह कोषाध्यक्षमा सुजल राना मगर सहित १९ सदस्यीय कमिटि गठन गरिएको छ ।

त्यसै गरि बाल क्लबमा आशिष अग्रहरीको अध्यक्षता समिति गठन भएको छ । जसको उपाध्यक्षमा निश्चल रेग्मी, सचिवमा स्पर्श भण्डारी, सह–सचिवमा सम्राट भण्डारी, कोषाध्यक्षमा आयुष पाण्डे र सहकोषाध्यक्षमा प्रसन्न ढुङ्गाना १८ सदस्यीय कमिटि गठन गरिएको विद्यालयले जनाएको छ ।

पदस्थापना कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, मा.वि ईन्चार्ज वेद सूर्यवंशी, बाल क्लब शिक्षक इन्चार्ज वलराम ज्ञवाली, जुरेस शिक्षक नायक ढुण्डिराज मरासिनीको, अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना