देवदह बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता सम्पन्न

देवदह । देवदह-५  मा स्थित देवदह बुद्ध पक्लिक आवासीय मा.वि.मा एक कार्यक्रमका बिचमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले रक्षा बन्धनको अवसरपाारी उक्त प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा कक्षा ८ र ९ तर्फ हाउस ए प्रथम जस्मा सन्दिप चौधरी, रिजन सुनार, सुलभ जिसी, प्रशन्न ढुङ्गाना, निर्देश राई रहेका थिए भने हाउस ए नै द्वितीय भएको थियो जसमा विन्दिया सुनार, सुरवी पराजुली, प्राप्ती क्षेत्री, सम्राट भण्डारी र विशेषता तिवारी रहेका थिए । यसैगरी हाउस सि ले तृतीय स्थान हासिल गरेको थियो जसमा अनुस्का भण्डारी, कबिता सुवेदी, बेलीना मगर, निशिका ढकाल र श्रेना खनाल रहेका थिए।

सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले विद्यार्थी कलाको भण्डार रहेको र उसभित्र अथाह सिर्जना लुकेको हुन्छ । त्यो सिर्जनालाई यस्तै अतिरिक्त क्रियाकलापको माध्यमबाट बाहिर ल्याउने काम बुद्ध पब्लिकले गर्दै आईरहेको उहाले बताउनुभयो ।

प्रतियोगिता मा. वि. तह अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मा.वि इन्चार्ज वेद सुर्यवंशी लगाएतले बोल्दै विजयी
विद्यार्थीलाई बधाई तथा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

नि.मा.वि कोर्डिनेटर रोशी गुरुङको संयोजकत्वमा भएको उक्त प्रतियोगितामा अञ्जना वली र दुर्गा ढुङ्गानाले निर्णायकको भ७त्रगयतसमिका निवाह गर्नुभएको थियो ।

कक्षा १ देखि कक्षा ९ सम्मका करिब १५० विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले गर्नुभएको थियो ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी