देवदह । रुपन्देहीको देवदह ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले संविधान दिवस २०८१ को पूव सन्ध्यामा जुनियर युवा रेडक्रससर्कलको आयोजनामा उक्त कार्यक्रम गरेको हो । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको प्रतक्ष सहभागिता रहेको कार्यक्रमको सहजिकरण नेपाल स्काउट रोभर लिडर युवराज पन्थिले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले प्रत्येक नागरिकको दैनिक जीवनमा घट्न सक्ने विषयवस्तु उठाएर कार्यक्रम आयोजना गरेकोमा जुनियर युवा रेडक्रस सर्कललाई धन्यवाद व्यक्त गर्दे सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जुनियर रेडक्रस सर्कलको अध्यक्ष प्राप्ति क्षत्रीको अध्यक्षता, शिक्षक दुर्गा ढुङ्गानाले स्वागत मन्तव्य र जु.रे.स सचिव सलिन ठडराइको सञ्चालनमा सम्पन्न भएको थियो।