देवदह नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

सुरज भट्टराई , देवदह। नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको  नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो।

देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर उप प्रमुख गुरुङले नेपालमा पछिल्लो समय क्रीकेटको क्रेज बढेको र देवदह नगरपालिकाले पनि यो खेलमैदानलाई रंगशाला बनाउन भनेर अघि बढेको बताउनुभयो । अहिलेलाई २ ओटा कोठा सहितको ड्रेसिङ्ग रुम निर्माण भएको र यसलाई स्टडियमको रुपमा बिकास गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भएको थियो । उहाले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा सदस्य धुर्व खरेल , सामाजिक व्यक्तित्व सुरज खरेल, देवदह क्रीकेट युनिटका पुर्व अध्यक्ष रबि रेग्मी, स्मृति सामुदायिक वनको अध्यक्ष भरत गुरुङ, सामाजिक व्यक्तित्व विक्ष्नु वाग्ले लागएतले बोल्दै खेल संग युवालाइ जोड्न आजको आवश्यकता रहेको बताउनुभएको थियो।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आजको पहिलो खेल वडा नं १० र वडा नं ६ बिच हुदैछ । त्यसै दोश्रो खेल साझ ३ बजे वडा नं १ र वडा नं २ बिच हुने आयोजक संस्थाको अध्यक्ष अजय थापा मगरले जानकारी दिनुभएको थियो ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त